काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साताभित्र नागरिकता विधेयक पारित हुने बताएका छन्।
जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १ र २ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने ठोकुवा गरेको बताए।
‘एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुंगो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो,’देउवाको भनाइ उदृत गर्दै यादवले भने,’यो मेरो आश्वासन होइन, ठोकुवा हो। बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।’
बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने यादवले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-