काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरुबीच केही मतभेद भए पनि सत्ता गठबन्धन लोकतान्त्रिक र प्रगतिशिल भएको बताएका छन् ।
अध्यक्ष नेपालले सोमबार समाजवादी प्रेस संगठन नेपाल नवनिर्वाचित कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता बाहिरको गठबन्धनमा संघीयता समाप्त पार्न खोज्ने र संविधानविरोधीहरु रहेको टिप्पणी गरे ।
उनले भने, ‘कमीकमजोरी हुन्छन्, हामी त्यसको आलोचना गछौं । कमीकजोरीप्रति आँखा चिम्लिने होइन। त्यसैमा बग्ने पनि होइन। समर्थन गर्ने पनि होइन। लतारिने पनि होइन । एकता र संघर्ष दुवै चलिरहन्छन् ।’
प्रतिक्रिया लेख्नुहोस्:-