काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेससँग ज्ञान लिन थुप्रै ठाउँ भए पनि एमालेमा ज्ञान लिन केपी ओली र नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने मात्रै भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सोमबार मकवानपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘एमालेको कार्यकर्तालाई समस्या भयो भने बालकोट जान्छ । किनकी ज्ञान दिन केपी बा हुनुहुन्छ । अरु ठाउँ छैन’ गगनले भने, ‘नयाँ पार्टीमा मान्छे छैन, भगवान छ । कार्यकर्ताले भगवानलाई सोध्नुपर्छ । के गर्ने होला भगवानले भन्छन् ।’
तर कांग्रेसमा ज्ञान लिन, प्रश्नको उत्तर खोज्न तल्लो तहका कार्यकर्ता र शुभेच्छुक भएको भन्दै ज्ञान पनि कार्यकर्ताबाटै पाइने उनको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस्:-