दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाती महांसंघ अमेरिका फिप्नाले कोरोना भाइरसबाट बच्न विभिन्न पीपीइ सामग्री वितरण गरेको छ । न्युयोर्क र न्युजर्सीमा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थालाई कोरोनाबाट बचाउने सामग्रीहरु वितरण गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताएका छन । चेम्जोङले सामाजिक सञ्जालमार्फत जानकारी गराउंदै समुदायको सेवामा संलग्न नेपाली संस्थाहरुलाई मास्क, पञ्जा लगायतका कोरोना भाइरसबाट बचाउने सामग्रीहरु वितरण गरिएको बताएका हुन ।
फिप्नाका अनुसार न्युयोर्क र न्यु जर्सीमा सक्रिय नेपाली संघसंस्थाहरु युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका, घ्यालसुम्धो सेवा संस्था अमेरीका, नुब्री एसोसिएशन अमेरीका, गुरूङ तमु सोसाइटी ईङक अमेरीका, मुगुम एसोसिएशन अमेरीका, तामाङ सोसाइटी अफ अमेरीका, शेर्पा संघ अमेरीका लगायतका संस्थालाई मास्क र पञ्जा वितरण गरिएको हो । हरेक दिन विभिन्न परिवारलाई राहत सामग्री वितरण गरिंदै आएको पनि फिप्नाले जनाएको छ । कोरोना विरूद्धको सचेतना एवं सहयोग समूहले यसरी राहत वितरण गरेको यो पाँचौ चरण भएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-