काठमाडौं । आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ।
मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवाबाट दिल्ली उडानको लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताए।
उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताए। मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिए।
प्रतिक्रिया लेख्नुहोस्:-