काठमाडौं । स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाँदैछन्।
देउवाका स्वकीय सचिव भानु देउवाले उनी राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको जानकारी दिए।
पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन्। उनी पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-