काठमाडौं । यस हप्ता लगातार बढिरहेको नेप्सेमा आज पनि दोहोरो अंकले बृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक १६.४२ अंक बढेको छ भने पाँच अर्ब एक करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्से परिसूचक ०.८१ प्रतिशतले वृद्धि भएर २०३७.०६ विन्दुमा बन्द भएको हो । मंगलबार परिसूचक ३४.१७ अंकले वृद्धि भएको थियो भने चार अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । एक दिनमा कारोबार रकम ८९ करोड रुपैयाँले बढेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-