काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको टिप्पणी गरेको छन् ।
उनले बुधबार गोरखा सदरमुकाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड र आफूलाई मुद्दा हालेर षड्यन्त्रका लागि केही पात्रहरू उभ्याइएको बताए ।
उनले भने, ‘यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ । विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको छ । बाँकी काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्नुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-