काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई राजनीतिबाट अलग राख्न आवश्यक रहेको बताएका छन् ।
उनले बुधबार नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई दाङको बेलझुण्डीमा सम्बोधन गर्दै विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र छात्रछात्रा राजनीतिक आस्थाका आधारमा हुने विभाजनबाट माथि उठेर शैक्षिक तथा प्राज्ञिक काममा समर्पित हुन आवश्यक रहेको बताए ।
सरकारले गुणस्तरीय शिक्षाको विकास र प्रवर्द्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिने योजना बनाइरहेको उनले बताए । विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको उनले जानकारी दिए । विश्वविद्यालयको पाठ्यक्रमलाई समयसांपेक्ष बनाउन सरकार लागिपरेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-