काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदमा पेश भएकको बजेट पारित भए लगत्तै सरकारमा सहभागी रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आजको स्थायी कमिटी बैठकले यसअघि सचिवालय बैठकको गरेको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै नयाँ मन्त्री सरकारमा पठाउने भएको हो ।
स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।
स्थायी कमिटी बैठकले असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ भने १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको खतिवडाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-