काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले विगतमा कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानले नपाएको बताएका छन् । मन्त्री महतले बिहीबार अर्थमन्त्रालयमा किसानहरुसँगको भेटघाटमा यस्तो बताएका हुन् ।
‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौं अनुदानको सदुपयोग भएन, दुरुपयोग भयो’ उनले भने ‘कागज देखाएर मात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो ।’ कृषिकलाई एक तहको संरक्षण दिनुपर्ने मान्यताका साथ २०८० को आर्थिक विधेयक प्रस्तुत गरिएको उनको भनाइ छ ।
स्वदेशमै उत्पादन बढाउन र स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि आलु, प्याजमा कर लगाएको उनले बताए । आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन तथा सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको महतको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-