काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग नहटाए महानगरभित्र चल्न नदिने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भनेका छन् । उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस।’
प्रतिक्रिया लेख्नुहोस्:-