अमेरिका । खुम्वु पासाङ ल्हामू गाॅउपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ वर्षको उमेरमा मंगलवार विहान निधन भएको छ । शेर्पा विगत दश महिनादेखि सानो आन्द्राको क्यान्सरवाट पिडित थिए ।
तथ्याङ्क अनुसार सानो आन्द्रा क्यान्सरवाट प्रभावित हालसम्म पाॅच प्रतिशत विरामीको मात्र उपचार सम्भव भएको छ ।
प्रभावित भएको अन्तिम अवस्थामा मात्र लक्षण देखा पर्ने भएकोले पनि यस रोगलाई क्यान्स विज्ञहरुले जटिल रोगकोरुपमा विश्लेषण गर्दे आएका छन ।
हालसम्म यस रोगसॅग सम्वन्धित कुनै पनि पूर्ण खोप र औषधीको विकास नभएका कारण अमेरिकाको विभिन्न विश्वविद्यालयहरुमा यस रोगसॅग सम्वन्धित औषधिहरुको अनुसन्धान भने भइरहेको छ ।
अध्यक्ष शेर्पाका लागि नेपाल र भारतलगयातका देशमा उपचारको निम्ति प्रयास गरेपनि सफल भने हुन सकेन । विगत एक महिना यता स्वास्थ अवस्था थप जटिल बन्दै गएपछि उनले आफ्नो सम्पूर्ण कार्यभर गाॅउपालिका उपअध्यक्ष टासि ल्हामू शेर्पालाई हस्तान्तर गरेका थिए ।
नेकपावाट अध्यक्ष पदमा निर्वाचित शेर्पाले करिव दुई वर्षको अवधिमा खाद्यान्न लगायतको ढुवानीको हिसावले अत्यन्त महंगो पर्ने पर्यटकिय क्षेत्र खुम्वु गाउपालिकालाई सडक यातयातको सञ्जालसॅग जोडिएका थिए । यस्तै गाॅउपालिकाको सवै वडाहरुमा विद्युत, खानेपानी, शिक्षा, स्वाश्थ्य र सञ्चारको विकासलाई जोडदारका साथ अगाडि वढाएका थिए ।
खुम्वु गाॅउपालिकासॅग जोड्ने उत्त सडकको नाम पनि हालै गाॅउपालिकाले ङिम दोर्जी सडक मार्गवाट नामकरण गरिएको छ ।खुम्वु गाॅउपालिकालाई देशकै नमूना विकासको करिडोरकोरुपमा विस्तार गर्न अध्यक्ष शेर्पाकै महत्वकांक्षी विकास निर्माण र योजना सम्भव भएको खुम्वु पासाङ ल्हामू गाॅउपालिका वडा नं ३ का वडा अध्यक्ष मिङमा छिरिङ शेर्पाले दूरबिन नेपालसॅग वताए ।
अध्यक्ष शेर्पाकै कार्यकालमा खुम्वु गाॅउपालिकालाई नेपालकै प्लास्टिक निषेधित गाॅउपालिका घोषणा भएको थियो भने गाॅउपालिका हरेक वडा देखि सगरमाथा आधारशिविरसम्मको पर्यटकिय मार्गहरुको स्तरउन्नतीको वृद्धि गर्दे आम पर्यटकको निम्ति सहज वनाएका थिए ।
गाॅउपालिकाको अहिलेसम्मको इतिहासमा यती धेरै विकासका कार्यक्रमहरु खासै नभएको स्थानियहरुले वताएका छन ।
गाॅउपालिका अध्यक्षमा निर्वाची हुनु अघि शेपाले चौंरीखर्क मध्यवर्ती क्षेत्र विकास समीतिको अध्यक्ष पदमा रहि स्थानियस्तरमा विकास निर्माणको कार्यमा सक्रिय भूमिका निर्वाह गर्दे आएका थिए ।
अल्पाआयूमा शेर्पाको निधनले सर्वोच्च शिखर रहेका गाॅउपालिका सर्वोच्च दुखमा वगिरहेको छ ।
हार्दीक श्रदाञ्जली !!!
प्रतिक्रिया लेख्नुहोस्:-