काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई भोलि (शुक्रबार) बिहान ९ बजे छलफलका लागि बोलाएको छ।
अमेरिकी सेनाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव गरेको, प्रधानमन्त्रीको अमेरिकी भ्रमण र नेपालको परराष्ट्र नीति कार्यान्वयन लगायतका विषायमा छलफल गर्न बोलाएको संसदीय समितिले जनाएको छ। यस विषयमा नेपाली सेनाले समेत आफ्नो धारणा यसअघि नै स्पष्ट गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-