काठमाडौं । अमेरिका तथा युरोपेली मुलुकमा फैलिइरहेको मंकीपक्स का शंकास्पद बिरामी नेपालमा पनि भेटिएका छन् ।
बिहीबार बिहान दुबईबाट आएका एक २७ वर्षीय एक पुरुषमा मंकीपक्सका लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।
मानिसमा ‘मंकीपक्स’ नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो, मंकीपक्स । विश्व स्वास्थ्य संगठनले यसलाई स्मलपक्स बिफरकै एउटा प्रजाति भएको जनाएको छ ।
मंकीपक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि ५ देखि २१ दिनसम्म रहने संगठनले जनाएको छ ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनकाअनुसार यसका लक्षण दुईवटा चरणमा देखिन्छन्, सुरुवाती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् भने दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानी फोकाको रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-