काठमाडौं । नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सार्वजनिक पत्रको सान्दर्भिकता सकिइसकेको स्पष्ट पारेको छ ।
सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई स्टेट नेशनल गार्डसँग सहकार्यका लागि अनुरोध गर्दै लेखेको पत्र सार्वजनिक भएपछि पत्रको आधिकारिकताबारे प्रश्न उठिरहेको छ। यसमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्र आधिकारिक नै भएको पुष्टि गरेको हो।
नेपालमा विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षतिमा छिमेकी तथा विभिन्न मित्र राष्ट्रले उद्धारमा सहायता गरेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गरेको भन्दै जंगी अड्डाले फेरि झन् ठूलो भूकम्प जाने भनेपछि सन् २०१५ मा आधुनिक उद्धार प्रविधि र अनुभव साटासाटका लागि विभिन्न देशलाई अनुरोध गर्ने क्रममा अमेरिकालाई अनुरोध गरिएको र अहिले त्यसको सान्दर्भिकता नरहेको जनाएको हो।
‘त्यो चिठ्ठी आधिकारिक हो। सन् २०१५ को तत्कालीन आवश्यकताका आधारमा पत्राचार गरिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-