काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
कार्कीले आज अपरान्ह राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा सपथ लिएका हुन् । कार्कीलाई आजै बिहान बसेको संसदीय सुनुवाइ समितिले प्रधान्यायाधीशमा अनुमोदन गरेको थियो ।
संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-