फिफा विश्वकप २०१८ को चौथोदिन भएको तेश्रो खेलमा ब्राजिल र स्विट्जरलण्डले प्रतिस्पर्धात्मक खेल देखाएका छन्। खेलको २० औं मिनेटमा ब्राजिलियन फर्वार्ड फिलिप्पे क्यूटिनो (नं ११) ले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलपोष्टको दायाँ पोलको भित्री भागमा ठोक्किएर पनि निकै सुन्दर ढेगबाट गोल भयो। यो पटक १० नम्बर जर्सी भन्दा ११ नम्बर बढी चर्चामा आउने संभावना बढेकोछ।आज बिहानको कोस्टारिका र सर्बियाबीचको खेलमा पनि ११ नम्बर जर्सीका सर्बियन खेलाडी कोलापोभले गोल गरेका थिए भने ब्राजिलको तर्फबाट पनि पहिलो गोल ११ नम्बर जर्सी कै खेलाडीले गरे।पाँचपटकको विश्वकप बिजेता ब्राजिलसंग खेलेको यूरोपियन देश स्विट्जरलण्ड यूरोपियन फुटबलमा खासै चर्चामा आउने देश होइन र पनि आज ब्राजिलसंग गतिलो खेल पस्किएको छ।
दोश्रो हाफको खेल शुरु भएको चौथो मिनेट मै स्विट्जरलण्डले गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो। १४ नं जर्सीका फर्वार्ड जुबरले ब्राजिलियन खेलाडीहरुको भिडकाबीच मै गरेको हेडिंगले ब्राजलियन किपरलाई कुनै मौका दिएन र बलले सजिलै गोलको दिशा लियो र स्विट्जरलण्डले खेल बराबरी गर्यो। वर्ल्डकपको दाबेदार ब्राजिलसंग पहिलो खेल मै बराबरी खेलेर अंक बाँड्नसक्नु नै स्विट्जरलण्डका लागि ठूलो बिजय सरह भएको छ। दोश्रो हाफमा गोल गर्ने धेरै ब्राजिलको प्रयास खेर गएको थियो। न्यमारले गरेको हेड स्विस किपरले बचाइदिए भन केही पोष्ट लक्षित प्रहारहरुले बाहिरी दिशा लिएका थिए।
तुलनात्मक रुपमा बढी फल खेलेको स्विट्जरलण्डले तीनवटा पहेंलो कार्ड समेत पाएको थियो। ब्राजिलका स्टार स्ट्राइकर न्यमार जुनियरलाई जर्सी मै समाएर अगाडि बढ्न नदिएका ११ नम्बरका स्विस खेलाडिले पहेंलो कार्ड पाएभने गोल गर्न बललिएर गएको ९ नम्बरका ब्राजिलियन खेलािलाई पछाडिबाट अंचेटेका स्वीस प्लेयरलाई सायद मेक्सिकन रेफ्रीले देखेनन्। नत्र त्यहाँ पनि स्विस खेलाडिले सजिलै पहेंलो कार्ड पाउनु पर्ने देखिन्थ्यो।
तस्वीर: फिफा, फक्स स्पोर्ट १
प्रतिक्रिया लेख्नुहोस्:-