काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् । उनी मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्नारत रहेका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर भएको जनाएका हुन् । उनका अनुसार मुटुको चालको मनिटरिङ आवश्यक भएकाले राष्ट्रपति पौडेल उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।
शनिबार बिहान २ बजे मुटुमा पुनस् समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । राष्ट्रपति पौडेल बुधबार मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-