काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञहरुमा पनि कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी छिन् ।
कार्कीले शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृतिभन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् ।
राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाइ पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । उनले गरिब जनताले सिटामोलसमेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिइरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गरिन् ।
उनले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-