जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका
ट्रम्प प्रशासनले डिफर्ड एक्सन फर चाइल्डउड कार्यक्रम बन्द गर्न अघि वढाएको योजनालाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । डिएसीए अर्थात डाका कार्यक्रम अन्तर्गत बाल्यकालमै अमेरिका आएरपनि कागजपत्र विहिन भएकाहरुको संरक्षणको लागि डाका कार्यक्रम ल्याइएको थियो । प्रधानन्ययााधीस जन जे रोवर्टले डाका कार्यक्रम रद्द गर्न ट्रम्प प्रशासनले पर्याप्त कानुनी प्रमाण पेश गर्न नसकेको बताउदै उक्त कार्यक्रमलाई यथावत राख्न आदेश दिएका हुन । सर्वोच्चको आदेशसंगै यसबाट ८ लाख भन्दा बढि आप्रवासी देश निकाला हुनवाट जोगिएका छन । झण्डै ६० नेपाली समेत डाका कार्यक्रम अन्तरगत रहेको अनुमान छ । यो निर्णयले आप्रावासीमाथि कठोररुपमा प्रस्तुत हुदै आएका राष्ट्रपति ट्रप्पको योजनाई ठुलो धक्का लागेको अध्यागमन अधिकारकर्मीहरुले बताएका छन । ट्रम्प प्रशासनले डाकालाई मनमानीरुपमा विश्लेषण गरेको वताउदै उत्त निर्णय ल्याटिनो केन्द्रित रहेको प्रधानन्यायाधीस रोवर्टले बताएका छन । डाकाको पक्षमा प्रधानन्यायाधीस जोन रोवर्टसंगै न्यायाधीसहरु गिन्सवर्ग, रुथ वर्डर, स्टेफेन व्रेयर, इलिना कागन र सोनिया सोटोमायरले मत जाहेर गरेका थिए । राष्ट्रपति ट्रम्पले भने उक्त निर्णयलाई राजनीति प्रेरित रहेको बताएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-