काठमाडौं । भन्सार छलेर अवैध रुपमा आएको रासायनिक मल धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ स्थित धार्केमा ट्रक रोकेर स्थानीयले लुटेका छन् ।
नेपालमा विदेशबाट मल आयातको जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै छ। तर, त्यो मल व्यापारीहरुले ल्याएका थिए। सो जानकारी राजश्व अनुसन्धान विभागले पाएको थियो। त्यसैले राजश्व अनुसन्धान विभागले मल समातेको थियो।
समातिएको मल राजश्व अनुसन्धान विभाग हरिहर भवन आउँदै थियो। त्यो सूचना धादिङको किसानले थाहा पाएपछि गाडी रोकेर मल लुटेका हुन्। धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरु मिलेर मल लुटेका हुन्।
मल अवैध रुपले आएको थाहा पाएपछि किसानले लगेको धुनिबेसी नगरपालिका वठा नं ६ का वडा अध्यक्ष रमेशप्रसाद आचार्यले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-