न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क खाध्यन्न वितरण एघारौ पटक पुर्याएको छ । फाउण्डेशनले विहिवार सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि-फाए बिइनसँगको सहकार्यमा निशुल्क तरकारी वितरण गरेको छ ।
अध्यक्ष सोमनाथ घिमिरेका अनुसार बिइनले फाउण्डेशनलाई २९ बक्स तरकारी उपल्बध गराएका थिए । प्रति बक्स तीस पाउण्ड रहेको तरकारी कुल आठ सय ७० पाउण्ड रहेको थियो ।
उपलब्ध तरकारी र फलफुल नेपाली सहित विभिन्न समुदायका एक सय जनालाई वितरण गरिएको थियो । फाउण्डेशनले यस अघि पनि अमेरिकी स्थानीय सरकारी निकाय र विभिन्न संघ सस्थाका पदाधिकारीहरुको सहकार्यमा ज्याक्सनहाइट वरपर निशुल्क खाध्यन्न वितरण गर्दै आएको छ ।
एघारौ चरणको खाध्यन्न वितरण कार्यक्रममा यस अघि झै फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं लोक गायक बिमल डाँगी, यु.एन.आई ग्लोबल युनियन नेपालकी प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्तले स्वयम सेवकको रुपमा कार्य गरेका थिए । यस्तै घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कलाकार मधुर गिरी, रुपान्तरण मेडियाका संचालक आकुर लुईटेलले पनि स्वयम सेवकको रुपमा खाध्यन्न वितरण कार्यक्रममा सहयोग गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-