काठमाडौं । आइतबार साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी अंकले गिरावट आएको छ।
आइतबार नेप्से सूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंकले घटेको छ।
आइतबार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर १ अर्ब १३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका १३ वटै उपसमूह राताम्मे भएको छ। जसमा सबैभन्दा धेरै हाइड्रोपावर उपसमूहको सूचक ३।८५ प्रतिशतले घटेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-