काठमाडौं । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ मुख्य घटकका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आगामी संघ र प्रदेशको निर्वाचनसम्म पाँच दलीय गठबन्धन जोगाउने सहमति भएको छ।
आइबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले यसबोरमा जानकारी दिएका हुन् ।
‘आज बसेको तीन नेताको बैठकले गठबन्धन जोगाउँदै चुनावको तयारी गर्ने निष्कर्ष निकालेको छ’ सम्पादकहरूसँगको छलफलमा नेपालले भने,‘चुनावको कमि कमजोरी समीक्षा गर्न ५ दलको बृहत बैठक राख्ने पनि सहमति भएको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-