काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन्।
मन्त्री खड्काले सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे।
उनले भने, ‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने रु सधैं औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनः निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबैकुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ।’ उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-