काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका लागि युद्ध घोषणा भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रममा बोल्दै मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका हुन् । उनले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरूविरुद्धको युद्ध भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-