काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेटलाई आवश्यकताअनुसार ‘करेक्सन’ गर्न सकिने बताएका छन् । मन्त्री महतले सोमबार मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दैं सीमित समय र सीमामा बसेर बजेट निर्माण गर्दा त्रुटि नै भएन भन्न नसकिने उल्लेख गरे ।
‘कहीं त्रुटि भएका होलान्, केही छुटेको होला, अझै सुधारको आवश्यकता पनि होला, तपाईंहरूले कमजोरी औंल्याउनु पनि भएको छ, त्यसलाई समय सापेक्ष र आवश्यकताका आधारमा करेक्सन गर्न सकिन्छ’ महतले भने । आफूले बजेट बनाउँदा इमान्दारिताका साथ सबैलाई राहत हुनेगरी बनाउन प्रयास गरेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-