काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हिजो घोषणा भएको समाजवादी मोर्चालाई वृद्धहरुको क्लव भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका उनले मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन्। उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे। उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताए। उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-