काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुणामणि शर्मालाई जनही नौ वर्ष कैद र चार अर्व जरिवानाको सजाय सुनाएको छ ।
अदालतका प्रवक्ता दिपेन्द्र योगीले आयोगका सदस्य तीनैजनालाई कैद र जरिवाना सजाय तोकिएको जानकारी दिए ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उनीहरुविरुद्धको भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो । इजलासले जेठ १८ गते नै उनीहरुलाई दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-