काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा आफ्नो पार्टी नडराउने बताएका छन्। पौडेलले मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘ समाजवादी मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन।’
उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारेका हुन्। उनले एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताए।
‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन्।’उनले भने । उनले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-