काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र निशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने गरी ३३ वटा संघ संस्थासँग सम्झौता गरेको छ। महानगरले बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार सम्झौता गरेको हो।
मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र दोस्रो पक्षकातर्फबाट ३२ वटा संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरे।
सम्झौता आउँदो ५ वर्षका लागि हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्।
प्रतिक्रिया लेख्नुहोस्:-