काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले धेरै नेपालीहरु बसोबास गर्ने देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिनुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै यस्तो बताएका हुन्। धेरै नेपाली बसोवास गर्ने देशका सहरमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने उनको भनाइ थियो।
कतिपय देशका दूतावासमा कर्मचारी कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले समयमा नै राहदानी खरिद गर्न सके कम मूल्य पर्ने सुझाव दिए।
प्रतिक्रिया लेख्नुहोस्:-