काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको बताएका छन् ।
उनले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे ।
देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरू आफै पतन भएर जाने र पार्टी झन मजबुत भएर अघि बढ्ने उनले बताए । उनले प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाल गरिब हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थितिलाई बदल्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया लेख्नुहोस्:-