काठमाडौं । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी आजसम्म १ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन्।
भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।
भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन्। स्थानीय समय अनुसार बिहान १ः३० बजेतिर भूकम्प आएको हो। एजेन्सी
प्रतिक्रिया लेख्नुहोस्:-