काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पारित भएको छ। बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।
सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए ।
असार ५ गते ल्याइएको महानगरपालिकाको नीति तथा कार्यक्रममा नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरिएको छ । यस्तै काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरूलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरि, एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गर्ने उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-