काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको आज बसेको बैठकले यथास्थितिमा आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने निर्णय गरेको छ ।
‘यथास्थितिमा बजेट पास हुँदै’, समाजवादीका सांसद अम्मरबहादुर थापाले भने, ‘त्यसका लागि सरकारसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिने निर्णय भएको छ।’ सत्ता गठबन्धनमा रहेको समाजवादी बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मनोमानी गरेको भन्दै असन्तुष्ट छ।
दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संशोधनबिना बजेट पास गर्न नदिने निर्णयबारे गठबन्धनमा छलफल पनि गर्ने निर्णय लिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-