काठमाडौं । आज बसेको दिगो विकास तथा सुशासन समितिले सरकारलाई राष्ट्रिय आपतकालीन कार्य सञ्चालन गर्न निर्देशन दिएको छ।
बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए। उनले विपदमा जोखिममा परेका व्यक्ति र परिवारको पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताए।
समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताए।
प्रतिक्रिया लेख्नुहोस्:-