काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु स्वतन्त्रबाट उठेर चुनाव जित्नुलाई समग्र सत्यका रुपमा लिन नहुने बताएका छन्।
उनले विहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हु्न्। उनले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताए।
अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुईवटा मात्रै राजनीतिक पार्टी रहेको तर्क गरे। उनीहरुले राम्रो काम नगरे त्यसको अपवादका रुपमा नयाँ शक्तिले जन्म लिने पनि उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-