काठमाडौं । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा क्याप्टेन दीपु ज्वारचनलाई नियुक्त गरिएको छ ।
विहीबार संस्कृति पर्यटन तथा नागरिक उडेडयन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्नेगरी नियुक्ति दिइएको हो ।
यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले वरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-