काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आजदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरेको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालका पदाधिकारीलाई बोलाएर सेवा निशुल्क गर्न निर्देशन दिएका थिए । यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो । ‘वीर अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । दुई सय रुपैयाँ तिर्नका लागि उनीहरुलाई सहज हुँदैन’ न्याम्सका रेक्टर डा. लोचन कार्कीले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय गरेका हौं ।’
तर, ब्याबिन र आइसियू बेडको भने शुल्क लाग्नेछ । रेक्टर डा. कार्कीका अनुसार जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुन्छ ।
शल्यक्रिया, सिटी स्क्यान लगायतका सेवा बढाउने तथा खर्चको मितव्ययिता गरेर जनरल बेड निःशुल्क गर्न लागिएको डा. कार्कीले बताए ।
.
प्रतिक्रिया लेख्नुहोस्:-