काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका यादवले आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन गर्दै अहिलको शासकीय स्वरुप र निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने र यसले मुलुकको विकास नहुने बताए ।
उनले अहिलेको शासकीय स्वरुपका कारण बिहान उठ्दा कोही सांसद हरायो कि भन्ने, समर्थन फिर्ता लिने हो कि, सरकार ढल्ने हो कि भन्ने अवस्था रहेको बताए ।
उनले अहिलको जस्तो महँगो निर्वाचन प्रणालीले भ्रष्टाचार नबढाए के गर्छ रु भन्दै प्रश्न पनि गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताए ।
यादवले समावेशितामा आधारित समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने यादवको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-