काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिवर्तनको मुख्य जग झापा आन्दोलन भएको बताएका छन् ।
अध्यक्ष ओलीले आइतबार काठमाडौंमा केशवप्रसाड वडालद्वारा लिखित पुस्तक सिंहावलोकन लोकार्पण गर्दै यस्तो बताएका हुन् ।
सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेद विरुद्ध भएकैले २०४६ सालमा तानासाही राजतन्त्र विरुद्धको आन्दोलन पनि सम्भव भएको ओलीको तर्क थियो । ओलीले गणतन्त्र प्राप्तिका लागि २०६२ सालमा भएको आन्दोलन पनि झापा आन्दोलनकै श्रृंखलाका रुपमा रहेका उल्लेख गरे।
अध्यक्ष ओलीले देशभित्र भएका आन्दोलनमा छिमेकीको नियतीले पनि प्रभाव पारेकाले आन्दोलन कमजोर भएको स्विकार्नु पर्ने बताए । २००७ सालको क्रान्ति होस् या अन्य क्रान्तिमा उठाइएका हतियार कहाबाट कहाबाट ल्याइए रु भन्ने प्रश्नले पनि नेपालको आन्दोलन कहि न कहिबाट प्रभावित थियो भन्ने पुष्टि गर्ने ओलीको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हबिगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरुको अस्तित्व नै समाप्त हुन लागेको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-