काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन आगामी पाँच वर्षसम्म नै कायम रहने बताएका छन् । उनले सोमबार धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
ुअहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुनेनहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,ु प्रधानमन्त्री दाहालले भने ।
१८ औं शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ १ भनेको स्मरण गर्दै हाल आफ्नो सरकार र गठबन्धनका बारेमा अरुले भन्ने गरेका कुरामा भन्दा पनि राम्रो गर्दै जाने आफ्नो ध्यान रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-