काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक विभिन्न १७ बुँदे निर्णय गर्दै सकिएको छ ।
बैठकले पाँच दलीय गठबन्धन जोगाउने र आफ्नो बलमा उभिन देशभर कार्यकर्तालाई खटाउने निर्णय पनि गरेको छ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि विभिन्न ११ समूह बनाएर छलफल भएको थियो ।
प्रदेश १ बाट अर्जुन राई, मधेश प्रदेशबाट सुधीर साह, बागमती प्रदेशबाट सूर्यचन्द्र न्यौपाने, गण्डकी प्रदेशबाट प्रतापलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नरेशकुमार भण्डारी, कर्णाली प्रदेशबाट अमरबहादुर थापा, सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर सिंहले बैठकमा निष्कर्ष सुनाएका थिए। त्यस्तै, केन्द्रीय विभागबाट कृष्णबहादुर सापकोटा, काठमाडौं उपत्यका कमिटीका तर्फबाट विजय गुरुङ, विभिन्न आयोगका तर्फबाट विद्या ढकाल र केन्द्रीय सल्लाहकारबाट मोहन केसीले निष्कर्ष सुनाएका थिए।
समूह नेताबाट आएको निष्कर्षसहित उठेका प्रश्नहरुको जवाफ अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले दिएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-