काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद छोड्न तयार रहेको बताएका छन् ।
महामन्त्री थापाले नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उनको भनाइ थियो ।
यस क्रममा नेता थापाले आफूले व्यक्ति नभई पार्टी नै बदल्ने कुरा गरेको बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-