काठमाडौं । आज बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई पनि सरकारमा ल्याउने निर्णय गरेको छ ।
सोमबार प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बजेटकै कारण असन्तुष्टि बनेको जनमतलाई सरकारमै ल्याउने निश्कर्ष निकालेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँगको आइतबारको भेटबारे ब्रिफिङ गरेको लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले नेपालखबरलाई जानकारी दिए।
‘सरकारमा आउन उहाँले इच्छा जाहेर गर्नुको प्रधानमन्त्रीले बताउनुभयो, हिजो पनि सरकारलाई सहयोग गरेकै हो, अहिले बजेटप्रति मात्र असन्तुष्ट हुनुभएको हो। तर, बजेटको विरोधमा उहाँहरुले मत नदिएकोले सरकारमा आउन चाहेको हो भने ल्याउनुपर्छ,’ भण्डारीले गठबन्धन निर्णयबारे भने, ‘व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई दिएका छौँ। अब प्रधानमन्त्रीले कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नुहुनेछ।’
प्रतिक्रिया लेख्नुहोस्:-