काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेन्डा लिएर आए नयाँ दललाई छोड्न तयार रहेको बताएका छन् ।
उनले सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको उल्लेख गरे। सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित नहुने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा राजनीतिक कोर्ष परिवर्तन गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको उनको भनाइ छ।
नयाँ पार्टीहरुप्रति लक्षित गर्दै प्रधानमन्त्रीले पुराना पार्टीहरुको भन्दा राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने गरी कोही आए उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको प्रष्ट पारे। तर अहिलेको स्थ्तििमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको जिकिर गर्दै उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्रयाँई गरे देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे।
‘
प्रतिक्रिया लेख्नुहोस्:-