काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बरमा चीनको भ्रमण गर्ने भएका छन् ।
सोमबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । उनले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए ।
‘प्रधानमन्त्रीजीको चीन भ्रमण हुँदैछ । सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, मन्त्री साउदको भनाइ छ । उनले उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको भन्दै चिनियाँ विकासको छलाङलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-