काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले अब छिट्टै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदमा छलफल हुने बताएका छन्।
उनले सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बजेट पारित गराउने पहिलो दायित्व सरकारले पूरा गरेकाले अब महाअभियोग प्रस्तावबारे छलफल गराउने जिकिर गरे।
मन्त्री शर्माले महाअभियोग प्रस्ताव संसदमा ल्याउन संघीय संसदको कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारीसमेत दिए।
‘बजेट पारित गराउनुपर्ने पहिलो दायित्व संसदको थियो, पास भइसकेको छ। बजेट पास भएपछि बाँकी विधेयकहरु आउँदैछन्ु, उनले भने, ुमहाअभियोग पनि छिट्टै संसदमा लाँदैछौँ। अहिले कार्य व्यवस्था परामर्श समितिमा छलफल चलिरहेको छ। अब धेरैबेर रहन्न।ु
प्रतिक्रिया लेख्नुहोस्:-